सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

५० लाखको पुण्यश्री प्रतिष्‍ठान सुरु गर्ने डा. मिनेन्‍द्र रिजालको घोषणा

फाइल तस्बिर

काठमाडौँ- पूर्व रक्षामन्त्री डा. मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ बराबरको पुण्यश्री प्रतिष्‍ठान सुरु गर्ने भएका छन् । उनले मोरङको क्षेत्र नम्बर २ का नागारिकका लागि स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी ५० लाख रुपैयाँ बराबरको प्रतिष्‍ठान सुरु गर्ने बताए ।

रिजालले बिहीबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग रक्षामन्त्री पदबाट राजीनामा दिएका थिए । उनी भर्खरै सम्पन्‍न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।