समयमै योजना सम्पन्न गराउन स्थानीय तहको सक्रियता

नेपालगञ्ज - बाँकेका स्थानीय तहले निर्माणाधीन योजना समयमै सम्पन्न गराउन सक्रियता देखाएका छन् । स्थानीय तहमा सञ्चालित तथा निर्माणाधीन योजना समयावधिमै सम्पन्न गराउन अनुगमनमा तीव्रता दिएका छन् ।
दैनिकजसो योजना अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई आवश्यक निर्देशन दिने कार्य भइरहेको जानकी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए ।
गाउँपालिकाभित्र निर्माणाधीन सडक, पुल, गाउँपालिका प्रशासनिक भवनको नियमितरुपमा अनुगमन गरी समयावधि भित्रै काम सम्पन्न गर्न ताकेता गरिएको उनले बताए । गाउँपालिकामा सञ्चालित योजनालाई तोकिएको समयमा पूरा गराउने उद्देश्यले डुडुवा गाउँपालिकाले अनुगमनमा तीव्रता दिएको छ । पालिकामा सञ्चालित ठूला तथा साना योजनाको अवस्था बुझ्न र निर्माण कम्पनीलाई ताकेता गर्न अनुगमनलाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनले गाउँपालिकामा सञ्चालित सबैभन्दा ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिकस्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको जानकारी दिए । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम करिब ८० प्रतिशत पूरा भएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए । प्रशासनिक भवन नयाँ आर्थिक वर्षअघि नै सञ्चालनमा ल्याई गुणस्तरीय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको उनको भनाइ छ ।
बाँकेको नरैनापुर गाउँपालिकाले पनि योजना समयावधिमै सम्पन्न गराउन आवश्यक तदारुकता देखाएको छ । निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको अनुगमन गरी समयमै काम सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
उनका अनुसार रु छ करोड ८० लाखको लागतमा निर्माणाधीन भवनको अनुगमन गरी सम्झौता अवधिमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी जुगल प्रतिष्ठा जेवीलाई ताकेता गरिएको छ । रासस

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

काठमाडौंबाट ९ जना बंगलादेशी नागरिक अपहरण गर्ने भारतीय गिरोह पक्राउ

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

आमा छोरी मृत फेला

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्…

कास्कीको फुलिबाङ केन्द्रविन्दु भएर भूकम्प

रुपन्देहीमा पूर्वश्रीमानले गरे श्रीमती र दुई छोरीको हत्या

प्रतिक्रिया