निर्वाचन प्रक्रिया नै नटुंग्याई शेखर कोइरालासँग देउवालाई समर्थन माग्ने प्रकाश महत पराजित

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशन दोस्रो चरणमा प्रवेश गरेपछि पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याणकुमार गुरुङले सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरे । उनीहरूले विज्ञप्ति नै जारी गरेर देउवालाई समर्थन गरेका थिए ।
उनीहरूले समर्थन गरे पनि निर्वाचन प्रक्रियालाई निष्कर्षमा पुर्याउन दोस्रो चरणको निर्वाचन अनिवार्य हुन्थ्यो । किनकी नेपाली कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्छ ।
सभापति निर्वाचनको दोस्रो चरणको तयारी हुँदै गर्दा सभापतिमा देउवाका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले आफूलाई दोस्रो चरणमा पनि परीक्षण गर्न चाहेको बताएपछि देउवा प्यानलका महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महतले शेखर कोइरालाले पार्टीभित्र एकताका लागि देउवालाई समर्थन गर्नुपर्छ भन्दै अभिव्यक्ति दिएका थिए ।
महामन्त्रीकाे उम्मेदवार समेत रहेका महतको अभिव्यक्तिमा गुटगत झुकाव झल्किएको भन्दै महामन्त्रीमा प्रतिस्पर्धा गरिरहेकाे नेताकाे अपरिपक्व अभिव्यक्तिप्रति धेरैले आश्चर्य मानेका थिए ।
‘यो महतको हतारो र असभ्य अभिव्यक्ति थियो,’ नेपाली कांग्रेसका एक वरिष्ठ नेताले भने, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई निष्कर्षमा पुर्याउन पनि कि त शेखर कोइरालाले स्वेच्छाले समर्थन गर्नुपर्थ्यो कि दोस्रो चरणको निर्वाचन गर्नुपर्थ्यो ।’
कुनै पनि व्यक्तिलाई फाँसीमा चढाउँदा पनि अन्तिम इच्छा सोधिन्छ भने लोकतान्त्रिक प्रतिस्पर्धा गरिरहेको एउटा नेतालाई (त्यो पनि सभापतिको उम्मेदवार)लाई ‘छोड’ भनेर असभ्य कुरा गरेको भन्दै ती नेताले भने, ‘उनमा राजनीतिक संस्कार देखिएन । फेरि नेताले समर्थन गरेर सभापति निर्वाचित हुने भए त मतदान गराउनै पर्दैनथ्यो । एउटा लोकतान्त्रिक नेताले त्यस्तो अपरिपक्व अभिव्यक्ति दिनुहुँदैनथ्यो ।’
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले महतको पक्षमा मत जाहेर गरेनन् । देउवा प्यानलका महामन्त्रीका उम्मेदवार महत पराजित बनेका छन् भने गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।
महत २०७४ को आम निर्वाचनमा काठमाडौँमा ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया