धनगढी बजारमा जोरविजोर प्रणाली लागू
कैलाली - धनगढीको मुख्य बजार क्षेत्रमा अटो रिक्साका कारण जाम बढेको भन्दै जोरविजोर प्रणाली लागू गरिएको छ । धनगढीको क्याम्पस रोडदेखि चौराहासम्मको मेनरोडमा जोरबिजोर प्रणाली लागू गरिएको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए ।
बिहान र बेलुकाको समयमा धनगढीका धेरै जसो ठाउँमा जाम लाग्ने, खाली अटो रिक्साहरु समेत सडकमा गुडिरहने भएका कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या रहेकोले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि जोरविजोर प्रणाली लागू गर्न बाध्य भएको प्रहरी निरीक्षक सिंहले बताए ।
उनले धनगढी उपमहानगरपालिकाको आग्रह र स्थानीयहरुको जनगुनासो समेत व्यापक बढ्न थालेपछि व्यवस्थापन गर्न लागेको बताए ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया