मोरङ उद्योग संघले उत्पादकत्त्व अभिवृद्धि र श्रमिकको सम्बन्ध सुमधुर बनाउने

काठमाडौँ- मोरङ उद्योग संघले उत्पादकत्त्व अभिवृद्धि र श्रमिकको सम्बन्ध सुमधुर बनाउने प्रक्रियालाई अघि बढाएको छ । बुधबार संघले श्रम सम्बन्ध विकास र उत्पादक अभिवृद्धि बढाउन अन्तक्रिया कार्यक्रम गरेको छ ।
अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणाली बीचको अन्तरसम्बन्धलाई सृदुढ बनाउनुपर्ने बताए । महत्वपूर्ण पक्षका रुपमा रहेका मानव संशाधन र असल औद्योगिक सम्बन्ध विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहाद्रपूर्ण अभ्यासको माध्यमबाट विवाद न्यूनिकरणका उपायहरु अबलम्वन गरी औद्योगिक शान्ति कायम राख्न सके सबैपक्षको हित भई उद्योगको उत्पादकत्वमा अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने प्रष्ट पारे ।
औद्योगिक श्रम सम्बन्ध विकासका विज्ञ अवधेश कुमार झाले कार्यस्थलमा व्यवस्थापन र श्रमिक बीचको सम्बन्धलाई विश्लेषण गर्दै असल औद्योगिक सम्बन्ध विकासका लागि व्यवस्थापकले ध्यान दिनुपर्ने बताए ।
स्वास्थ्य तथा सामाजिक सुरक्षा, अनुशासन र आचरण, कानुनी प्रावधानहरुका सम्बन्धमा कम्पनीले आफना कामदारहरुलाई स्पष्ट रुपमा पूर्व जानकारी दिनुपर्ने उनको भनाइ छ । असल श्रम अभ्यासले विवादरहीत कार्यस्थल निर्माण गरी उद्योगी र कामदार दुवै पक्षबीचको सुमधुर सम्बन्ध विकासमा सहयोग पुर्याउने उनको दाबी छ ।
त्यसैगरी उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य तारानाथ निरौला, सौरभ सारडाका साथै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानका उद्योगी, उच्च व्यवस्थापकहरुको सहभागिता रहेको थियो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_JueXowWkwU_rxk8hslooij1f9ivbamgsbk0g4meqpocim8gt61u0w3uc727rcjrwaljnwdr.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया