विदेशी दबाब, प्रभाव र हस्तक्षेप अस्वीकार्य : थापा

हेटौंडा : राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताएका छन् । विदेशीको इसारामा माओवादीले सुरुमा त्यो भारी बोकेर आएको र केही समयपछि कांग्रेस-एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे ।
मकवानपुरको आफ्नो चुनावी क्षेत्र बागमती गाउँपालिकाको छतिवनमा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले विदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताए ।
राप्रपा सबै धर्मलाई बराबरीको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रूपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रती आफ्नो आपत्ति नभएको तर योजनाबध्द ढंगले धर्म परिवर्तन गराउदै हिड्ने प्रवृत्तिको भने विरोध गरेको स्पष्ट पारे । धर्म नास हुँदा नैतिक मूल्य, मान्यता र चरित्र समाप्त हुने उनको भनाइ छ ।
विदेशीहरू आएर नेताको घर घरमा गरेको दौडले स्वाभिमान र सार्वभौमिकता कमजोर भएको थापाको भनाइ थियो ।

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

प्रतिक्रिया