इन्जिनमा गडबडी देखिएपछि बुद्ध एयरको जहाज भरतपुरमै अवतरण
चितवन - बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए ।
बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ ।ससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ । रासस

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_iEjCXFwjNM_mye6jhrylpillupfgezxxoe15wpnfmozad3b7x8ncu689h8swzygxo88qwyd.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रतिक्रिया