बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट

काठमाडौँ– नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकका बैंकिङ्ग सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भट्ट यसअघि अनुसन्धान विभागमा रहँदा प्रवक्ता थिए । 

उनलाई अनुसन्धान विभागबाट बैंकिङ्ग सुपरिवेक्षण विभागमा गत वर्ष चैतमा सरुवा गरेपछि देवकुमार ढकाल प्रवक्ता नियुक्त भएका थिए ।