सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

ओली दलाल पूँजीपति वर्गको एजेण्ट : दाहाल

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेको पनि बताएका छन् । एक प्रेस वक्तव्य जारी गर्दै दाहालले ओली मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेको पनि बताएका हुन् ।

‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु,’ दाहालले भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

दाहालले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम बताएका छन् । ‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्,’ दाहालले बताएका हुन् ।