कांग्रेस उपसभापतिमा संस्थापन इतर पक्षको निरन्तर अग्रता
धनराज र चन्द्र भण्डारी अघि अघि, गच्छदार धेरै पछि !

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापतिका लागि भएको चुनावको मतगणना चलिरहदा संस्थापन इतर पक्षका दुई उम्मेद्वारले निरन्तर अग्रता लिइरहेका छन् । प्रारम्भिक मतगणनादेखि नै अग्रता लिइरहेका संस्थापन इतर पक्षका धनराज गुरुङ र चन्द्र भण्डारीले झण्डै ५० प्रतिशत मतगणना सकिदा पनि अग्रता कायमै राखेका हुन् ।
पछिल्लो मतपरिणामअनुसार २३०० मतगणना हुँदा धनराजले ९६० मत ल्याएका छन् । यस्तै चन्द्र भण्डारीले ८७० मत ल्याएका छन् । धनराज र चन्द्र भण्डारी संस्थापन इतर पक्ष शेखर कोइराला प्यानलबाट उपसभापतिको उम्मेद्वार हुन् ।
संस्थापन शेरबहादुर देउवा प्यानलका उपसभापतिका उम्मेद्वार पुर्ण बहादुर खड्काले भने ८४० मत पाएका छन् । उनले भण्डारीलाई पछ्याइरहेका छन् । यस्तै संस्थापन पक्षकै विजयकुमार गच्छदारले भने ६६० मत ल्याएका छन् ।
सभापतिमा संस्थापन पक्षका शेरबहादुर देउवा विजयी भएपनि उपसभापतिमा संस्थापन इतर पक्षले निरन्तर अग्रता लिइरहेका छ्न । जसले संस्थापन पक्षका अरु उम्मेद्वारलाई पनि सशंकित पारेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया