सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

कांग्रेस महाधिवेशन : यसरी हुँदैछ उपसभापतिको मत गणना (फोटो फिचर)

काठमाडौँ – नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको मतदानको गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार तीन ठाउँमा मत गणना हुँदैछ ।  

गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छ ।  उपसभापतिका लागि सभापति निर्वाचित भएका शेरबहादुर देउवाको प्यानलबाट पूर्णबहादुर खड्का र विजय गच्छदार उम्मेदवार छन् भने सभापतिमा पराजित शेखर कोइरालाको प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ छन् । 

त्यस्तै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपभापतिका उम्मेदवार हुन् ।  निर्वाचन समितिकाअनुसार तीन ठाउँमा मत गणना हुनेछ । आजै राति मत परिणाम आउने बताइएको छ ।