उच्च र जिल्ला अदालतमा माघ २ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने फूलकोर्टको निर्णय
काठमाडौँ : सर्वोच्च अदालतले माघ २ गतेदेखि लागू हुने गरी उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ । सर्वोच्चमा बुधबार बसेको फूलकोर्ट बैठकले माघ २ गतेदेखि देशभरका उच्च र जिल्ला अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
बुधबारको फूलकोर्ट बैठकमा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अनुपस्थित थिए । सर्वोच्चका सबै न्यायाधीशसहितको बैठकले देशभरका अदालतमा गोलाप्रथाबाट पेशी तोक्नका लागि जिल्ला अदालत नियमावली २०७५ संशोधन गर्ने निर्देशन समेत प्रशासनलाई दिइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
नियमावली संशोधन गरेर माघ २ गतेदेखि देशभरका अदालतमा गोलाप्रथा लागू हुने पनि उनले बताए । 'यी सबै काम माघ–२ गतेभित्रै पूरा गरी गोला प्रथा प्रक्रियामा जाने निर्णय भएको छ’ दाहालले इकागजसँग भने ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया