दैनिक ४० जनाको सिटी स्क्यान गर्न सकिने मेसिन जडान

काठमाडौँ - धरानस्थितवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक प्रविधिको मुटु र मिर्गौलाको सिटी स्क्यान गर्ने नयाँ मेसिन जडान गरेको छ । प्रतिष्ठानले मंगलबारदेखि सञ्चालनमा आउने गरी २५६ स्लाइस क्षमताको मेसिन जडान गरिसकेको छ ।
प्रतिष्ठाननमा रहेको दुई वटा मेसिनमध्ये एउटा मेसिन बिग्रिएको थियो । 'एउटा मात्र मेसिन सञ्चालनमा हुँदा बिरामीको उपचारमा समस्या भइरहेको थियो,' प्रतिष्ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलले भने,' दुई वटा मेसिन जडान भएपछि बिरामीको उपचारमा सहज हुने आशा गरेका छौ ।'
२५६ क्षमताको स्लाइस उपत्यका बाहिर पहिलोपटक प्रतिष्ठानमा जडान गरिएको छ । मेसिनले दैनिक ४० जनाको सिटी स्कयान गर्न सकिने प्रतिष्ठानले प्रस्ट पारेको छ । नयाँ प्रविधिको भएकाले रेडियोलोजी विभागका प्राविधिकले कर्मचारीलाई तालिम दिइरहेको पोख्रेलले जानकारी दिए ।
उक्त मेसिनबाट द्रुत गतिमा स्कयान गर्न सकिन्छ । अन्य मेसिनको तुलनामा यसले कम मात्रामा विकीरण फाल्ने गर्छ । यसको असर पनि कम हुने गरेको प्रतिष्ठानले जनाएको छ । सूक्ष्मभन्दा सूक्ष्मसम्मको यसले स्क्यायान गर्ने भएकाले र स्क्यान गर्न सक्ने क्षमता गुणस्तरीय रहेको छ । प्रतिष्ठानले रोगको निदान गर्न सहयोग पुर्याउने विश्वास लिएको छ ।

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया