ताप्लेजुङमा एक वर्षमा २३ वटा मानवअधिकार उल्लंघन

ताप्लेजुङ- ताप्लेजुङमा पछिल्लो एक वर्षमा २३ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व वार्षिक समीक्षा गर्ने क्रममा सन् २०२१ मा २३ वटा मानवअधिकार उल्लंघनका घटना भएको जनाएको हो ।
इन्सेकले अभिलेख गरेको घटनामध्ये बलात्कारका १० वटा, बलात्कार प्रयासको दुई वटा, गर्भपतनको एक वटा, बाल यौन दुर्व्यवहारको एक वटा, हत्याको एक वटा, नवजात शिशु हत्याको एक वटा, अपहरण शरीर बन्धक तथा बलात्कारको एक वटा, गर्भपतन गरी हत्या एक वटा, गर्भ संरक्षण कसुरको एक वटा, कर्मचारीमाथि अभद्र व्यवहार एक वटा, मजदुर हत्या तथा बाल विवाहका दुई वटा गरी २३ घटना सार्वजनिक गरेको छ ।
बलात्कारपछि गर्भवती बनेकी १३ वर्षीया एक बालिका र १४ वर्षीया दुई जना गरी तीन जना बालिकाको भविष्य अन्धकार झैँ बनेको भन्दै इन्सेकले सरोकारवालाको ध्यानआकर्षण गराएको छ । बालिका बलात्कारका आरोपित दुई जना पक्राउ परेर कानुनी प्रक्रिया जारी छ भने एक जना अझै फरार छन् ।
यसैबीच इन्सेकले फक्ताङलुङ गाउँपालिका-४ इखाबुका २१ वर्षीय सरोज काम्बाङ लिम्बु उपचार अभावमा आठ महिनादेखि साङ्लोमा बाँधिनुपरेको भन्दै मानवीय नाताले पनि उद्धार गरि उपचार हुनुपर्ने माग गरेको छ । इन्सेक प्रतिनिधिले भने, 'परिवारले पाँच लाख जति ऋण गरेर उपचार गर्यो । अब परिवारबाट सम्भव छैन् ।' गरिब परिवारको उपचार गर्नु राज्यको दायित्व भएकाले सरोजको उपचारमा ढिलासुस्ती नगर्न आग्रह गरेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया