सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन
काठमाडौँ- नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
न्यायलयको शुद्धीकरणका लागि प्रधानन्यायधीश राणाको राजीनामा आउनुपर्ने भन्दै नेपाल बारको अगुवाईमा प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ ।
बारले यसअघि प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै विभिन्न दलका शीर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया