कम रेटिङमा ‘सडक २’ सँग पछि पर्याे ‘कुली नं १’

मुम्बई : २५ तारिखमा रिलिज भएको ‘कुली नं १’ले एक साथ दुई रेकर्ड राखेको छ । एकातिर यसले एकै दिनमा सबैभन्दा बढी हेरिने फिल्मको रेकर्ड कायम गरेको छ भने अर्कोतिर सबैभन्दा कम रेटिङ पाउने दोस्रो फिल्म बन्न सफल भएको छ ।
अमेजनले गरेको दाबी अनुसार गत शुक्रबार रिलिज भएको फिल्मलाई अत्यधिक दर्शकले हेरेका थिए । तर, जब रेटिङको समय आयो, दर्शकले फिल्म नरुचाएको स्पष्ट देखिन्छ । आइएमडीबीमा आजसम्म २३ हजार जनाले यसको रेटिङ दिएका छन् जसको आधारमा फिल्म भारतीय सिनेमामध्ये कम रेटिङ पाउने दोस्रो फिल्म बन्न सफल भएको हो ।
आइएमडीबीमा फिल्मले १.४ रेटिङ पाएको छ । योभन्दा खराब रेटिङ ‘सडक २’ले पाएको थियो । डिज्नेबाट रिलिज भएको फिल्मलाई दर्शकले १० मा जम्मा १ अंक दिएका थिए । ‘सडक’ र ‘कुली नं १’ पछि कम रेटिङ पाउनेमा ‘हिम्मतवाला’ र ‘रेस ३’को नाम छ । अजय देवगन र तमन्ना अभिनित ‘हिम्मतवाला’ले १.७ अंक पाएको थियो भने ‘रेस ३’ले १.९ रेटिङ पाएको थियो ।
सन् १९९५ मा रिलिज भएको फिल्मको रिमेकलाई समीक्षकले पनि रुचाएका छैनन् । फिल्म बासी हुनुका साथै स्त्रीद्धेषी मजाकले भरिएको र झेल्नै नसक्ने रहेको समीक्षकको टिप्पणी थियो ।

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

प्रतिक्रिया