फूलपातीबाट टिभीमा ‘समर लभ’

काठमाडौं : सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित सिनेमा ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थाल्ने भएको छ । निर्देशक मुस्कान ढकालले फिल्म दसैंको अवसर पारेर फूलपातीबाट डिसहोममार्फत् सार्वजनिक हुने जानकारी दिए ।
ढकालका अनुसार फिल्म डिसहोमको च्यानल नम्बर ८ मा हेर्न सकिनेछ । हलमा प्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउन लागेको हो । ढकालले दसैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जिवन्त राख्न टिभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए । ‘दसैंमा नेपाली फिल्म हेर्ने दर्शक परम्परा रही आएको छ । यो साल महामारीका कारण नयाँ फिल्म रिलिज हुन सकेका छैनन् । दसैं खल्लो नहोस् भनेर हामीले टिभीमै भए पनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने ।
दर्शकले २ सय २५ मा सपरिवार फिल्म हेर्न सक्नेछन् । डिसहोमको प्रदर्शनपछि फिल्म म्याक्स प्लेयर र नेट टिभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले फिल्म तत्कालै युट्युबमा भने रिलिज नहुने जानकारी गराएका छन् ।
खगेन्द्र श्रेष्ठ निर्माता रहेकाे फिल्ममा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी आदि कलाकारको अभिनय रहेको छ । फिल्म गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो । फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ ।

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

प्रतिक्रिया