कैलालीमा बस र स्कारपियो ठोक्कियो, २७ घाइते

कैलाली- कैलालीमा आज बिहान बस र स्कारपियो जीप एकआपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् ।
लम्कीचुहा नगरपालिका ३ स्थित गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुपप्र ००२-००१ ख १०८४ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ च १५९३ नम्बरको स्कारपियो जीप एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बस सडकको किनारमा पल्टिएको छ भने जीप सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
स्कारपियो जीपमा सवार धनगढी स्थित लक्ष्मीनारायण मन्दिरका स्वामी देवराज आचार्य सहित जीपमा सवार चालक र अन्य ३ जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
घाइते स्वामी आचार्यलाई नेपालगन्ज लगिएको छ भने अन्य घाइतेहरूको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रबक्ता जोशीले बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया