जो दैनिक पाँच सय कप चिया बेच्छन्

जुम्ला- चन्दननाथ नगरपालिका-२ का ६७ वर्षीय काशीराम भण्डारीले चिया पसलबाटै मनग्ये आम्दानी गरिरहेका छन्। भण्डारी दम्पतीले झन्डै २० वर्षदेखि चिया पसल सञ्चालन गर्दै आएको छ । उनीहरू नगरपालिकामै प्रेरणाको स्रोत बनेका छन् । चिया पसलको कमाईबाटै उनले छोरीलाई अनमी पढाएका छन् ।
उनको पसलमा चिया खान ग्राहकको भिड लाग्ने गरेको छ । एक दिनमा पाँच सयभन्दा बढी कप चिया बिक्री हुने गरेको भण्डारीले बताए । चिया खान ग्राहकहरू झिसमिसेमै आउने गरेको उनी बताउँछन् । दैनिक ६० लिटर बढी दूधको चिया पकाउने गरिएको उनले सुनाए ।
चिया पसलको कमाईबाटै स्याउ बगैंचा स्थापना गरेको भण्डारीले बताए । बगैंचामा उत्पादित स्याउबाट वर्षेनी एकदेखि डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ । पछिका लागि भनेर भण्डारी दम्पतीले दैनिक एक सय ५० रुपैयाँ बचत गर्ने गरेका छन् । चिया पसलको कमाईले कान्छी छोरीलाई अनमी पढाएको र अन्य छोराछोरीलाई पनि सहयोग गरिरहेको देवीकन्या भण्डारीले बताइन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_MULYYg7Qrp_qpsa4614zqzwjiqhrpr68bu68lbqie4tvxiqo4zsvc3grm0omju0fiqinquc.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया