एमालेले संसद् बैठक अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद प्रहार गर्यो : श्रेष्ठ
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
'नेकपा (एमाले )ले संघीय संसद्को बैठक लगातार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिरहेको छ' श्रेष्ठले ट्वीट गरेका छन् 'अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो ।'
त्यस्तै श्रेष्ठले संसद् सुचारु गर्न एमालेलाई अपील गरेका छन् । 'लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद् सुचारु गर्न नेकपा( एमाले) लाई गम्भीर अपील गर्दछु' श्रेष्ठको ट्वीटमा उल्लेख छ ।
नेकपा (एमाले )ले संघीय संसद को बैठक लगतार अबरुध्द गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिरहेको छ।अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद सुचारु गर्न नेकपा( एमाले) लाई गंभीर अपील गर्दछु ।
— NKShresthaPrakash (@nksthaprakash) December 15, 2021

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया