दायाँ खुट्टाको शल्यक्रिया गर्नुपर्नेमा बायाँ खुट्टाको गरेपछि...

वासिंगटन- अस्ट्रेलियामा बिरामीको अर्को खुट्टाको शल्यक्रिया गर्ने एक चिकित्सकलाई दन्ड जरिवाना तोकिएको छ । दायाँ खुट्टाको सट्टा भूलबश विरामीको बायाँ खुट्टाको शल्यक्रिया गर्ने चिकित्सकलार्ई अदालतले २७ सय यूरो जरिवाना सुनाएको हो ।
लिन्जस्थित एक अदालतले चिकित्सकले लापरबाहीपूर्वक एक ४३ वर्षीय बिरामीको सद्दे खुट्टाको शल्यक्रिया गरेर उनलाई थप पीडा दिएको फैसलामा जनाएको छ ।
नियमित रुपमा ब्यान्डेज फेर्न आउने बेलामा नर्सले चिकित्सकले भूलवश विरामीको अर्को खुट्टा शल्यक्रिया गरेको थाहा पाएकी थिइन् । त्यस लगत्तै विरामीलाई अर्को खुट्टाको शल्यक्रिया गर्नुपर्ने जानाकारी दिइएको थियो । ‘दुर्भाग्यपूर्ण परिस्थिति’ का कारण बिरामीको अर्कौ खुट्टाको शल्यक्रिया हुन पुगेको अस्पतालले जनाएको थियो । सो गम्भीर गल्तीका लागि चिकित्सकका तर्फबाट अस्पतालका निर्देशकले सार्वजनिक रुपमा क्षमा याचना गरेका थिए ।
शल्यक्रिया गर्ने कक्षमा आदेश दिने प्रक्रियामा एउटा त्रुटी देखिएको ती दोषी चिकित्सकले बताएकी थिइन् । बायाँको सट्टा किन दायाँ खुट्टा शल्यक्रिया गरिएको थियो भन्ने सन्र्दभमा उनले भनेकी थिइन्, ‘मलाई त्यसबारे केही थाहा भएन् ।’ सो घटनापछि उनलाई अर्को क्लिनिकमा सरुवा गरिएको थियो । अदालतले फैसला सुनाउनुअघि पीडित परिवारलाई अस्पतालले ५ हजार डलर क्षतिपूर्ति दिएको थियो । एजेन्सी

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया