मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे ओली पक्षका मन्त्री

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् । दाहाल–नेपाल समूह निकटमा मुख्यमन्त्री भट्टले ओली समूह निकटका मन्त्री बोहरालाई बर्खास्त गरेका हुन् । 

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४  फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।