मंगलबार थपिए २६४ संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभरमा २ सय ६४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ७ सय ९ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय २९ र एन्टीजेन्ट विधिबाट ३५ जनामा कोभिड पुष्टि भएको छ ।
त्यसैगरी ३ सय ६२ संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ७ हजार ५ सय १६ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ५९ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ५ हजार ६ सय ८९ जना छन् । त्यसैगरी २ लाख ३६ हजार ४ सय ८२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
आईसीयूमा १ सय २० र भेन्टीलेटरमा २७ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार ३ सय ८६ , संस्थागत आईसोलेशनमा ३ सय ३ र क्वारेन्टाइनमा ९६ जना छन् ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया