कांग्रेस महाधिवेशनका एक हजार बढी प्रतिनिधिको स्वास्थ्य परीक्षण

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिएका छन् ।
महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवम् नेता मोहनबहादुर बस्नेत संयोजक रहेको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाँप र मधुमेहसम्वन्धी परीक्षण गराउनुभएको डा हेमन्त गौतमले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्वन्धी समस्या देखिएको पनि डा गौतमले बताए । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्येनजर गरी शिविरबाट महाधिवेशन प्रतिनिधिलगायतलाई मास्क र स्यानिटाइजर निःशुल्क वितरण वितरण गरिएको छ ।
साथै समितिले मतदान प्रवेशद्वारमा पूरै शरिर स्यानिटाइज हुने व्यवस्था मिलाएको छ । महाधिवेशनका लागि स्वास्थ्य सेवा विभाग र औषधि उत्पादक कम्पनीले निःशुल्क औषधिको व्यवस्था गरेको हो । महाधिवेशनका लागि नरदेवी आयुर्वेदिक अस्पतालबाट औषधिसहित कविराजको टोली पनि खटिएको छ । रासस

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया