माओवादीको कर्णाली सम्मेलन : नेतृत्व छान्न सकस

सुर्खेत : अध्यक्षमा धेरै आकांक्षी देखिएपछि नेकपा माओवादी कर्णाली प्रदेशको नेतृत्व चयन सकसमा परेको छ । सम्मेलन सुरु भएको चार दिनसम्म पनि नेतृत्व चयन गर्न सकेका छैनन् । मंसिर २५ गते उदघाटन सम्मेलनले ४ दिनसम्म नेतृत्व चयन गर्न सकिरहेको छैन ।
कर्णाली प्रदेश कार्यसमितिका अध्यक्षका लागि आकांक्षीहरूबीच सहमति नहुँदा नेतृत्व चयनमा ढिलाइ भएको हो । सकभर आजसम्ममा नेतृत्व चयन गरिसक्ने माओवादी नेता एंव प्रदेशसभा सांसद ठम्मर विष्टले जानकारी दिए ।
प्रदेश अध्यक्षका लागि सुरुमा १४ जना आकांक्षीमध्ये पाँच जनाले दाबी कायम छ । उनीहरूबीच सहमति गर्ने प्रयास जारी छ । प्रदेश अध्यक्षका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।
यी पाँचजनामा सहमति नजुटे पार्टी केन्द्रले विकल्प खोज्ने तयारी गरेको जनाइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया