नेप्से ६ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारका लागि सेयर कारोबार बन्द भएको छ । मंगलबार कारोबार सुरू भएको साढे २ घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो ।
यसअघि १२ : ३८ बजेसम्ममा नेप्से सूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
त्यसपछि खुलेको बजार पुनः लगातार बढेर ६ प्रतिशतले वृद्धि भएपछि मंगलबारको लागि कारोबार बन्द भएको छ ।
मंगलबार नेप्से १३७ अंकले बढेर २४१८.८४ अंकमा पुगेको छ । यसदिन २२० कम्पनीका ४० लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८४ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया