बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

सुनको मूल्य प्रतितोला तीन सयले बढ्यो

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३००ले बढेर ९२ हजार ८०० पुगेको छ । 

पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले बढेर एक हजार २१० तोकिएको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।