२१०६ मतगणना अपडेट : देउवा-कोइराला मतान्तर २२९
काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
२१०६ मतगणना गर्दा शेरबहादुर देउवाले ९९१ मत पाएका छन् । डा .शेखर कोइरालाले ७६२ मत ल्याएका छन् । बिमलेन्द्र निधिले १३७ भोट ल्याउँदा प्रकाशमान सिंहले १७४ र कल्याण गुरुङले ९ भोट ल्याएका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् । पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५० प्रतिशत भन्दा बढी मत हो । यदि ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया