चितवनमा भाले गैँडा मृत फेला
चितवन - चितवनमा भाले गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।
सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको हो । प्राविधिकको टोलीबाट शव परीक्षण भएको छ । उनले भने , “मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्टपछि मात्रै थाहा हुन्छ ।” डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का प्राविधिक टोलीले मृत गैँडाको व्यवस्थापन गरेको छ ।
गैँडाको खाग र खुरसहित सबै अङ्ग सुरक्षित छ । मृत गैँडाको शरीरमा कुनै चोट पनि देखिएको छैन । गैँडाको सिंग र खुर डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ । रासस

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया