पूर्व राजालाई राजेन्द्र लिङ्देनको उपाध्यक्ष भएर बस्न माधव नेपालको सुझाव
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रलाई यसअघि हटाएपनि पुन फर्काउने कोसिस भइरहेको भन्दै नेपालको राजनीतिक आकाशमा देखिएको कालो बादल हटाउनुपर्ने बताए ।
इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै उनले इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उल्लेख गरे । उनले राजनीतिक गर्न मन लागे पार्टी खोल्न वा राजेन्द्र लिङ्देनलाई अध्यक्ष माने राप्रपाको उपाध्यक्ष भएर बस्न पूर्वराजालाई सुझाव पनि दिए ।
अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादले लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात गर्ने भएकाले कम्युनिष्टलाई अधिनायकवादी भन्न नमिल्ने तर्क गरे ।
कार्यक्रममा अनेरास्ववियुको सदस्यता वितरण अभियानको पनि शुभारम्भ गरिएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया