प्रधानन्यायाधीश राणाविरुद्ध बारको धर्ना जारी
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले धर्ना कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिएको छ । न्यायलयको शुद्धिकरणका लागि प्रधानन्यायधीश राणाको राजीनामा आउनुपर्ने भन्दै बारको अगुवाईमा धर्ना दिइएको हो ।
कानुन व्यवसायीले प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले बिभिन्न दलका शिर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ । प्रधानन्यायधिश राणा सर्वोच्चबाट नहटेसम्म आन्दोलन जारी रहने बारले स्पष्ट पारेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया