बडुवाल हत्या आरोपीलाई धरौटीमा छाडेको भन्दै प्रदर्शन

कैलाली - भूपेन्द्र बडुवाल हत्या प्रकरणका आरोपीलाई धरौटीमा छाडेको भन्दै जिल्ला अदालत अगाडि आफन्तहरुले आज प्रदर्शन गरिरहेका छन् ।
बडुवालका आफन्तहरुले र्याली सहित बजार परिक्रमापछि जिल्ला अदालत अगाडि आरोपीलाई धरौटीमा छाडेको विरोध र कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्।
कात्तिक २३ गते मंगलबार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको टिकापुर नगरपालिका स्थित सिद्धार्थ होटेल नजिकै चक्कु प्रहार गरि हत्या भएको थियो।
हालसम्म बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। यस्तै हत्या अभियोग लागेका ९ जना भने अझै फरार रहेको प्रहरीले बताएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया