रामचन्द्र र शशांक आफ्ना भए भन्दै बालुवाटारले प्रचार गरेपछि...

काठमाडौँ- प्रधानमन्त्री पद राज्यको विशिष्ट पद हो । प्रधानमन्त्री पार्टीको नेता नै हुन्छ । प्रधानमन्त्रीको शक्ति र साम्राज्यमा पार्टी भने छिर्नुहुँदैन । तर आज मतदान हुँदै गरेको कांग्रेसी चुनावमा सत्ताको दुरुपयोग गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले फेसबुकमा पीएम प्रेस रुम ग्रुप बनाएको छ । त्यसमा सोमबार बिहानै प्रधानमन्त्रीका सञ्चार संयोजक गोविन्द परियारले लेखे— शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन छ ।
गोविन्द परियार राज्यस्रोतबाट तलब भत्ता बुझिरहेका पात्र हुन् । उनको यही ‘समाचार’का आधारमा धेरैले समाचार लेखे । शेरबहादुर देउवा समर्थकले त्यही समाचार पोस्ट गरे । सल्यानबाट प्रनिनिधि भएर आएर एकराज डाँगी जो हालै कर्णाली प्रदेशको सहमहामन्त्री पनि निर्वाचित भएर आएका छन् उनले फेसबुकमा सेयर गरेका छन्, वरिष्ठ नेता पौडेल र शशांकको सभापतिमा देउवालाई समर्थन, मध्य राति पासा पल्टियो
यस्तो समाचार फैलिएपछि वरिष्ठ नेता पौडेलका छोरा चिन्त पौडेले आफ्नो भनाइ सार्वजनिक गरे । उनले भनेका छन्, ‘मैले बुवाले देउवालाई समर्थन गरेको भनेर आएको कुरा भ्रमपूर्ण छ । यो मत प्रभावित गर्ने र बुवाको राजनीतिक निष्ठा र इमानदारीतामा प्रश्न उठाउने दुराशयले गरिएको प्रचार हो । यसमा कुनै सत्यता छैन । यस्तो अफवाहको पछि नलाग्न म सबैलाई अनुरोध गर्दछ ।’
चिन्तनले यसरी खण्डन त गरे तर समाचार फैलिइ त सक्यो । सभापतिका अर्का उम्मेदवा शेखर कोइराला पछि रामचन्द्र निवास पुगे । उनले जिज्ञासा राखे । रामचन्द्र आफ्नो बदनाम गरिएको र बालुवाटारबाटै गलत समाचार सम्प्रेषण हुनु धेरै दुःखद् रहेको बताए ।
रामचन्द्रले खण्डन गरेपछि शंशाक कोइरालाका स्वकीय सचिव भरत तिवारीले पनि बालुवाटारको समाचारको खण्डन गरे । शशांक देउवाको पक्षमा गएको भन्ने समाचारमा गलत हो भन्ने उनले बताइरहे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया