कांग्रेस महाधिवेशनका ताजा तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मतदान जारी छ । प्रधानमन्त्री एक कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन् । उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए ।
मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए । उनलाई मत हाल्न पौने घन्टा लागेको थियो । नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।
अर्का सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् । राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।
त्यस्तै अर्का सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । कांग्रेस नयाँ नेतृत्वको लागि राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ । सभापति पदमा उम्मेदवार सिंहसहित शेरबहादुर देउवा र शेखर कोइरालाले पनि मतदान गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया