सभापतिका तीन उम्मेद्वारले गरे मतदान
देउवालाई मतदान गर्न झन्डै एक घन्टा लाग्यो

काठमाडौँ- प्रधानमन्त्री एक कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन् । उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए ।
मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए । उनलाई मत हाल्न पौने घन्टा लागेको थियो ।
नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।
शेखर कोइरालाले गरे मतदान
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् ।
राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।
मतदान गरेर बाहिरिए प्रकाशमान सिंह
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् ।
कांग्रेस नयाँ नेतृत्वको लागि राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ ।
सभापति पदमा उम्मेदवार सिंहसहित शेरबहादुर देउवा र शेखर कोइरालाले पनि मतदान गरेका छन् ।

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

कांग्रेस खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आँट महिलाले किन गरेनन् ?

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

कांग्रेस प्रदेश २ अधिवेशन- मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

कांग्रेस खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

प्रतिक्रिया