गण्डकीमा ओली र दाहाल-नेपाल समूहका सांसदको छुट्टाछुट्टै बैठक

पोखरा : गण्डकी प्रदेशमा नेकपाका दुई समूह ओली र दाहाल-नेपालका सांसदहरूको छुट्टाछुट्टै बैठक बसेको छ । दाहाल-नेपाल समूहका सांसदहरूको बैठकले अरु दलका सांसदहरूसँग समन्वय गरेर आफ्नो रणनीति तय गर्ने निर्णय गरेको छ । पूर्वमाओवादीका ११ र माधवकुमार नेपाल समूहका १ गरी १२ जना सांसद बैठकमा सहभागी थिए । सभामुख नेत्रनाथ अधिकारी पूर्वमाओवादी नेता रहेपनि भेलामा सहभागी भएनन् ।
सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे अरु दलसँगको बैठक पछि निर्णय लिइने गण्डकी प्रदेश आर्थिक तथा विकास समितिका सभापतिसमेत रहेका सो समूहका नेता दीपक कोइरालाले बताए । बैठकमा अविश्वासको प्रस्तावबारे कुरा उठेपनि आफूहरूको उपस्थितिको मूल्यांकन गरेर मात्र त्यसबारे निचोडमा पुगिने उनले बताए ।
‘बैठकमा कुरा त उठिहाल्छ तर त्यसबारे अरुसँग बैठकब सेर अनि हाम्रो अवस्था हेरेर निर्णय लिन्छौं,’ उनले भने । सो समूहका हरिबहादुर चुमान र लेखबहादुर थापा अहिलेकै सरकारमा मन्त्री छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सरकारमै रहेपनि आफूहरू विरोध गरिरहने बताउने गर्छन् ।
तर आजको बैठकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ‘एक्सन हेरेर रियाक्सन’ दिने रणनीति लिइएको कोइरालाको भनाइ छ । ‘२ जना मन्त्री हुनुहुन्छ, तर हामी उहाँहरूको एक्सन हेरेर मन्त्री फिर्ता बोलाउने नबोलाउने बारे निर्णय गर्छौं,’ सांसद कोइरालाले भने ।
यता मुख्यमन्त्री समूहको बैठकमा विपक्षी दलसँग बैठक, परामर्श गर्नेबारे छलफल भएको छ । गण्डकी प्रदेश सभाका सत्तारुढ दलका प्रमुख सचेतक मायानाथ अधिकारीले बैठकमा विपक्षी दलसँग छलफललाई तीव्रता दिनेबारे छलफल भएको बताए । ‘मुख्यमन्त्रीज्यूले विपक्षी दलसँग छलफल गरिरहेको छु भन्नुभयो, हामी पनि छलफल गर्ने बारे बहस गर्यौं,’ उनले भने ।
बैठकमा मन्त्रीपरिषद् विस्तारबारे समेत कुरा उठेको थियो । ‘मन्त्री हटाउने, राजीनामा माग्ने कुरा भएको छैन । बरु ७ सदस्यीय मन्त्रीपरिषद्लाई ११ सदस्यीय बनाउने कुरा भएको छ ।’ अधिकारीले भने ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया