महामन्त्रीमा चुनाव जिते उज्यालो कांग्रेस बनाउँछु : गगन थापा

काठमाडौँ - नेपाली काँग्रेसका नेता तथा १४ आँै महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका हुन् । उनले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए । नेता थापाले काँग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेता थापाले भने ‘यो अधिवेशन सकिनासाथ हामी अधिवेशनका सबै प्रतिनिधिहरु आ आफ्नो घर जान्छौँ । यो अधिवेशनको प्रक्रियामा करिव ९ लाख भन्दा बढी क्रियाशील सदस्यहरु सहभागि हुनुभएको छ र जसले क्रियाशील सदस्यता लिनुभयो, वडामा सहभागी हुनुभयो र विभिन्न तहमा प्रतियोगीहरु छान्नुभएको छ । यो सकिसकेपछि पार्टीलाई सुदृढ बनाउने, बलियो बनाउँछौँ । त्यसपछि हामी पार्टीलाई निर्वाचनमा लिएर जान्छौँ । पार्टी निर्वाचनमा जाँदै गर्दा सबै पार्टीको सदस्यलाई सोध्यो भने निर्वाचन हामी जित्नु पर्छ भन्छन् । अघि शेखर दाईले भन्नुभयो, गठबन्धन सरकारलाई लिएर निर्वाचनसम्म जाने हो । निर्वाचन एक्लै लड्ने हो जित्ने हो । तर हाम्रो गणितले हामीलाई के भन्छ भने नेपालमा कम्युनिष्ट पार्टी मिलेको अवस्था हे¥यौं, क्षेत्रिय पार्टी मिलेको अवस्था हे¥यौं, नेपाली काँग्रेसले अरु सबै बिर्सिएर निर्वाचनको मात्रै चर्चा गर्ने हो भने निर्वाचन एक्लै जित्ने हो भने अहिले भएको मतदातामा करिव १०/१२ लाख अरु मतदाता थप्नुपर्छ । त्यसका लागि काँग्रेसमा यस्तो नेता चाहियो, जसलाई नेता र नेतृत्व यो भनेर हेर्दै गर्दा बाहिरका मानिसलाई काँग्रेसमा आउँ आउँ लागोस् ।’
नेता थापाले सफा, पवित्र र निश्चल काँग्रेस शेखर कोईरालाको नेतृत्वमा देखिने भएकोले आफूलाई जिताउन आग्रह गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया