गण्डकी प्रदेशले कोभिड-१९ को उपचार गरेको शुल्क नलिने

पोखरा : गण्डकी प्रदेश सरकारले कोभिड-१९ संक्रमितको निशुल्क उपचार गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने बताएका हुन् ।
केन्द्र सरकारले कात्तिक २ गतेबाट कोरोना संक्रमितको उपचार गरेवाफत शुल्क लिने निर्णय गरेपछि विरोध भइरहेको छ । आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कोरोना संक्रमितको उपचार गरेवापत शुल्क लिने निर्णय भएको बताएका थिए ।
अहिले भइरहेको उपचारभन्दा थप व्यवस्थित हुने गरी कोरोना संक्रमितको निःशुल्क उपचार गरिने मुख्यमन्त्री गुरुङले जनाए । ‘जसरी अहिले निःशुल्क उपचार गरिरहेको छ, त्यो भन्दा थप व्यवस्थित रुपमा उपचार गछौँ,’ गुरुङले भने ।
मुख्यमन्त्री गुरुङले प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको निःशुल्क उपचार भइरहेको जानकारी दिए । यसअघि लुम्बिनीले संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको छ ।
प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६७ पुगेको छ । तीमध्ये ३ हजार ६ सय ५ जना निको भएका छन् भने ५५ जनाको ज्यान गएको छ ।

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_dpJlxnr4Va_h9ydhan9rybt93rxwd05flivkydwhvfunwxsa7x5kafkugjvhzo0ucp1po4j.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

बागलुङमा १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

भेडी गोठाला भन्छन्- सरकारले न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

म्याग्दीका ३३८ घरमा खानेपानी सुविधा विस्तार

आजदेखि आयो पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा आयो

प्रतिक्रिया