मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ
८२ किलोमिटरमा १६ किलोमिटर मात्र कालोपत्रे

रुकुम पश्चिम - मध्यपहाडी लोकमार्गको ८२ किलोमिटर सडकमध्ये १६ मिलोमिटर मात्र कालोपत्र गरिएको छ । बाँकी खण्डमा भने काम भैरहेको छ । चिसो मौसमका कारण पुसमा कालोपत्रको काम बन्द हुने निर्माण कम्पनी ‘शर्मा सिंह एण्ड ब्रदर’का प्रतिनिधि विश्वास उप्रेतीले जानकारी दिए । उक्त कम्पनीले ५६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मेवारी पाएको छ । माघ अन्तिमदेखि कालोपत्र पुनः थालिने उप्रेतीले बताए ।
थलहबजारस्थित खोलामा पुल निर्माण नहुँदा काम गर्न मुस्किल भएको छ । थलहबाट दैलेखको सिमाना सुयाडासम्मको कामको जिम्मेवारी लामा पिएस जेभी, रैताहा पिके जेभी र केए जेभीले लिएका छन् । तोकिएको समयभन्दा ढिला काम भइरहेकाले स्थानीयवासीले सास्ती भोग्दै आएका छन् ।
ठूला दुई पुल निर्माण अधुरै
रुकुमपश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट दारेगौराका बीचमा अवस्थित भेरी नदीमा निर्माण गर्ने भनिएको भेरी पुल नौ वर्षदेखि निर्माण नहुँदा समस्या भएको छ । निर्माणको जिम्मा पाएको कम्पनीले पुलको जग मात्र राखेर सम्पर्कविहीन भएको छ ।
यस्तै थलहमा पनि तीन वर्षदेखि पुल निर्माणको जिम्मा पाएको कम्पनीले समयमै काम गर्न सकेको छैन । पुल निर्माण अघि बढाउन तोकेता गरे पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या भएको मध्यपहाडी लोकमार्गले जनाएको छ । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया