स्वस्तिमा खड्काले गरिन् किरेइ कस्मेको उद्घाटन

काठमाडौँ - अभिनेत्री स्वस्तिमा खड्काले जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुको स्टोर 'किरेइ कस्मे' को उद्घाटन गरकी छिन्। जापानमा लोकप्रिय यस ब्रान्ड विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका अब नेपालमा पनि उपलब्ध हुने भएको हो ।
नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रालिले यसलाई नेपालमा भित्र्याएको हो । लाफिङ यतिले नयाँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटि स्टोर खाइमोनो र सिभिल मलमा टच-मी जापान पनि सन्चालन गर्दै आइरहेको छ ।
कम्पनीले नयाँ बानेश्वरमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको हो । यसको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज् उत्पादनहरु सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नेपालमा मोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्र एक्स्क्लुसिभ रुपमा बिक्री गर्नेछ ।
मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराज अनलाइन शपिङ र काइमोनो जापान अनलाइन स्टोरमा पनि उपलब्ध छन् ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया