इलाममा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई थप एक लाख रकम
इलाम - इलामको फाकफोकथुम गाउँपालिकाले बेमौसमको वर्षापछि गएको पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाखका दरले राहत रकम दिएको छ । गत २ र ३ कात्तिकमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउने चारजनाको परिवारलाई एकएक लाख रुपैयाँको दरले राहत रकम दिएको हो ।
गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई, वडाध्यक्ष राजु पौडेलले घरैमा पुगेर पीडित परिवारलाई राहात रकम प्रदान गरेका हुन् । फाकफोकथुम गाउँपालिका(३ आमचोकमा पहिरोमा परेर एकै परिवारको चारजनाको मृत्यु भएको थियो ।
घरमाथिबाट आएको पहिरोले का ८६ वर्षे नैनसिंह कटुवाल, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । सोही पहिरोमा परेर ७५ वर्षीया रणजता थापाको समेत मृत्यु भएको थियो । थापा नैनसिह कटुवालको बहिनी हुन् । पहिरोले कटुवाल परिवारको घर समेत पूर्ण रूपमा नष्ट गरेको छ । गाउँपालिकाले उनीहरूको घर निर्माणको लागि समेत एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि सरकारले कटुवाल परिवारलाई तीन लाख रुपैयाँ राहात उपलब्ध गराएको थियो ।
पहिरोका कारण फाकफोकथुम गाउँपालिकामा मात्रै ६ जनाले ज्यान गुमाएका थिए । फाकफोकथुम गाउँपालिकाको–१ ठिङ्गेपुरका २१ वर्षकी टिना शेर्मा र १४ वर्षका आइतबहादुर राईको समेत पहिरोमा परेर मृत्यु भएको थियो । उनीहरूको परिवारलाई समेत राहत रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष सरु राईले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालयले राई र शेर्माको परिवारलाई समेत जनही दुई(दुई लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो । इलाम जिल्लामा पहिरोमा परेर १५ जनाको मृत्यु भएको थियो । त्यसमध्ये १३ जनाले मात्रै राहत पाएका छन् । दुई जनाको राहत दिन मिल्ने नजिकको नातेदार नभएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । हालसम्म १२ जनाको परिवारले राहत रकम लिइसकेका छन् । न्युजकारखाना

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

प्रतिक्रिया