प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आइतबार पनि धर्ना दिएको छ ।
आइतबार पनि बारको अगुवाईमा प्रधानन्यायधिशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको हो ।
नेपाल बारको धर्ना तथा प्रदर्शनमा कानुन व्यवसायीको उपस्थिति भने घट्दै गइरहेको छ । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले कानुन व्यवसायीहरु मौन बस्दा प्रधानन्यायाधीश राणा चुपचाप बर्हिगमन नहुने भएकाले निरन्तर धर्ना दिइरहेको बताए ।
कानुन व्यवसायीले प्रत्येक दिन १० देखि १२ बजेसम्म सर्वोच्चको मुल गेटमा धर्ना दिदै आइरहेको छ । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले विभिन्न दलका शीर्ष नेतालाई ज्ञापन पत्र समेत बुझाएको छ । नेपाल बारले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा धर्ना तथा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया