पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ टोलीबीच भेटवार्ता

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ टोलीले भेटवार्ता गरेको छ । कम्यूनिष्ट पार्टीको अन्र्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले खनाल निवास डल्लुमा सोमबार मैत्रीपूर्ण भेटवार्ता गरेको खनालको सचविालयले जानकारी दिएको छ ।
करिब १ घण्टा भएको कुराकानीमा दुई पार्टी र दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउने, सुदृढ गर्नेबारेमा छलफल भएको स्वकीय सचिब कृष्ण भट्टराईले जानकारी दिए । टोलीले पूर्वप्रधानमन्त्री खनालसँग नेपालको वर्तमान परिस्थितिबारे जिज्ञासा राखेका थिए ।
टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटिसकेको छ । आइतबार नेपाल आएको टोली चार दिनसम्म नेपाल रहनेछ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया