२४ घण्टामा थपिए ३०९३ संक्रमित
संक्रमित हुनेमा उपत्यकाका मात्रै १७०२ जना

काठमाडौंः पछिल्लो २४ घण्टामा मुलुकभर तीन हजार ९३ जना नयाँ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आठ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको र यति संख्यामा संक्रमित थपिएको जानकारी दिएको हो ।
२४ घण्टामा उपत्यकामा एक हजार ७ सय २ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा एक हजार ४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा एक सय २३ नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ । जसमध्य ४१ हजार ७ सय ७५ जना सक्रिय संक्रमित रहेको र बाँकी संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १ सय ८ संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा ८ जनाको मृत्यु भएसँगै कोभिडबाट मृत्यु हुनेको संख्या सात सय ६५ पुगेको छ ।
अहिले १३ हजार ५ सय ५९ जना कोभिड संक्रमितहरु संस्थागत र २८ हजार १ सय ९६ जना संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् । त्यस्तै, क्वारेन्टाइनमा बसिरहेका संक्रमितको संख्या चार हजार २ सय २० जना रहेको मन्त्रालयले जनाएको छ ।

बिहानै कागती पानी पिउनुको यस्ता छन् फाइदाहरू

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

प्रतिक्रिया