सुदूरपश्चिममा कोभिडले थप एक जनाको मृत्यु
शनिबार तीन जनामा सङ्क्रमण पुष्टि

धनगढी - सुदूरपश्चिम प्रदेशमा शनिबार थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टीजेन विधिबाट २९२ जनाको नमूना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आरटी पिसीआरमार्फत एक र एन्टिजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा एक र एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
यसअघि शुक्रबार यस प्रदेशमा तीन जनामा सङ्क्रमण पुष्टि हुँदा तीन जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६११ जनाको ज्यान गइसकेको छ । रासस

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया