मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

देश विकासमा सहकारीको महत्वपूर्ण योगदान छ : मन्त्री खतिवडा

फाइल फोटो

मकवानपुर - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले देश विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उनले तीनखम्बे अर्थनीतिमा सहकारीको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै आर्थिक विकासको बलियो खम्बाका रूपमा सहकारीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । आफू निर्वाचित भएको क्षेत्रअन्तर्गत उत्तरी मकवानपुरको पालुङस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २२औँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री खतिवडाले सहकारी क्षेत्रलाई अवमूल्यन गर्न नहुने बताए । 

कतिपय सहकारीहरू ठगी आरोपमा परिरहेको अवस्थामा राम्रा काम गर्ने सहकारी ओझेलमा परेको बताउँदै उनले सचेत पूर्वक सहकारीले आफ्ना सदस्यको हितमा काम गर्नुपर्ने बताए । उनले संस्थाका सदस्य होसियार रहनुपर्ने उल्लेख गर्दै हिसाब–किताब खोजी गर्न र नेतृत्व तहलाई खबरदारी गरिरहन सदस्यलाई आग्रह गरे । 

आफूले पाएको स्वास्थ्यमन्त्रीको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास दिलाउँदै उहाँले कोभिड–१९ महामारीको डटेर सामना गर्न सक्ने रणनीति अबलम्बन गरिएको बताए । मन्त्री खतिवडाले सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी भएको बताउँदै भने, “स्टक रहेको खोप नागरिकलाई लगाउन स्वास्थ्यकर्मीहरू खोपको डब्बा बोकेर गाउँटोल पुगेका छन्, प्रत्येक नागरिकलाइ खोप लगाउन पाउनुहुन्छ ।” 

अब १६ हजार स्थानबाट खोप कार्यक्रम सञ्चालन गर्ने बताउँदै उहाँले पहिलो र दोस्रो खोप पूरा गरिसकेकाका निम्ति बुस्टर डोज नेपाल सरकारले निःशुल्क लगाइदिने जानकारी दिए । मन्त्री खतिवडाले फरक प्रसङ्गमा आफू थाहा नगर आउने भएपछि यहाँका एमालेका नेताहरूलाई ज्वरो आएको र अनेकौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई व्यक्तिवादले सक्काउन खोजेको आरोप लगाए । उनले थाहानगरमा बन्दै गरेको १५ शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि त्यसका लागि आवश्यक आइसीयूलगायत उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल कृषि सहकारी सङ्घ केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदीले सहकारी संस्था समाजवादी प्रक्रियामा भन्दा पूँजीवादी प्रक्रियामा चलेकाले लाभांश वितरणमा एकरुपता नभएको बताए । संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीले आफ्नो प्रतिवेदन राख्दै हाल संस्थाको आर्थिक कारोबार रु एक अर्ब १९ करोड पुगेको जानकारी दिए । उनले शेयर पूँजी रु ७० करोड १२ लाख तथा कर्जा लगानी रु ९५ करोड पुगेको प्रतिवेदन पेश गरे । रासस 
 

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री का…

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानम…

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

हारमा जितको सुगन्ध : प्रधानमन्त्री ओली

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति पौडेल

सामाजिक न्याय र समृद्धिको जनआकांक्षालाई पूरा गर्नु साझा दायित्त्व होः राष्ट्रपति…

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

प्रधानमन्त्री ओलीले संसदमा भने: मेराे स्पेन भ्रमणले मुलुकको शिर उचोँ भएको छ

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छः प्रधानमन्त्री ओली

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक