वीरगञ्ज कारागारमा ८ कैदीबन्दीलाई क्षयरोग पुष्टि

जनकपुरधाम - प्रदेश २ को पर्सा जिल्ला स्थित वीरगञ्ज कारागारमा ८ जना कैदीबन्दीमा क्षयरोगको संक्रमण पुष्टि भएको छ । कारागारका नायब सुब्बा नवराज बर्तौलाले जनाए अनुसार २४ देखि ६० उमेर समूहका ७ पुरुष र एक महिला कैदीबन्दीमा क्षयरोग संक्रमण पुष्टि भएको हो । उनले भने नियमित स्वास्थ्य परीक्षणको क्रममा तिनीहरुमा क्षयरोग पुष्टि भएको छ ।
संक्रमित मध्ये ३ जना अरुलाई सार्न सक्ने छातीका क्षयरोगी हुन् भने बाँकी ५ जना बोन, ग्ल्यान्डका क्षयरोगी रहेको कारागार स्वास्थ्य प्रमुख दिपक यादवले बताएका छन । क्षयरोग सरुवा रोग भएकोले यो अन्य व्यक्तिमा पनि सर्न सक्ने जोखिम भएकाले संक्रमित कैदीबन्दीलाई जतिसक्दो छिटो अन्य कैदीबन्दीबाट टाढा राख्नु उपयुक्त हुने बताए ।
कारागारका जेलर कृष्ण गैरेले जेलमा आवश्यक व्यवस्था नभएकाले तत्कालै संक्रमित कैदीबन्दीलाई आइसोलेट वा छुट्टै राख्न सक्ने अवस्था नरहेकाले तिनीहरुलाई सावधानी अपनाएर कारागारभित्रै अन्य कैदीबन्दीसँग दूरी बनाएर बस्न भनिएको बताए ।
उनले भने कारागारमा स्वास्थ्य मापदण्ड अनुसारका छुट्टै पुर्वाधार व्यवस्थापन नभएकाले स्वास्थ्यकर्मीले भने अनुसार अरु कैदीलाई सार्न नसक्ने गरी सावधानी अपनाएर डिस्टेन्स मेन्टन गरी खान बस्ने व्यवस्थापन गरिएको छ ।
कारागार भित्र कैदीबन्दीमा भाइरल ज्वरो, झाडापखाला, चर्मरोग लगायतको प्रकोपको समस्या देखा परिरहेको छ । गतवर्ष कोरोना महामारीको पहिलो लहरमा पनि त्यहाँका ठूलो संख्यामा कैदीबन्दी र कारागार सुरक्षार्थ खटिएका प्रहरी तथा सेनाका जवानहरू संक्रमित भएको थियो ।

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया