हात्तीको बथानले घर भत्काउँदा धर्मानन्द परिवारको बिजोग
कञ्चनपुर - लालझाडी गाउँपालिका–४ का धर्मानन्द भट्टको घर आज बिहान आएको हात्तीको बथानले भत्काइदिएको छ । घर भत्काइदिँदा भट्टको परिवार बिचल्लीमा परेको छ । लालझाडी संरक्षण वन क्षेत्र हुँदै बस्ती छिरेको एक दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको पीडित भट्टले बताए ।
“हात्तीको बथानले बिहानको झिसमिसेमै घर भत्काउन थालेपछि बालबालिकासहित एकसरो लुगामै भागेर ज्यान जोगाउन सकेका छौँ”, उनले भने, “घर पूरै क्षतिग्रस्त बनाइदिएपछि छिमेकीको शरणमा बस्न बाध्य भएका छौँ ।” अन्न, लत्ताकपडा र खाना बनाउन प्रयोग हुने भाँडाकँुडासमेत हात्तीको बथानले कामै नलाग्ने बनाएको उनको भनाइ छ । वडाध्यक्ष बहादुर रानाले हात्तीले भट्ट परिवारको घर क्षतिग्रस्त बनाउनुका साथै घरभित्र राखेको सबै सामान खुट्टाले कुल्चेर क्षति पु¥याएको बताए ।
उनका अनुसार हात्तीको बथानले झण्डै रु दुई लाखको क्षति गरेको छ । यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितको तारापुर शिविरमा बसोबास गर्दै आएका बासिन्दा एक सातादेखि हात्ती भगाउन जाग्राम बस्न थालेका छन् । विस्थापित परिवार बस्दै आएको झोपडी हात्तीबाट जोगाउन आगो बाल्ने, होहल्ला गर्ने कार्यसँगै पटाका पड्काएर हात्ती भगाउँदै आएका छन् । हात्ती साँझ नपर्दै बस्तीमा छिर्ने भएकाले रातभर पालैपालो जाग्राम बसेर भगाउँदै आएको नरिभान ढुङ्गालले बताए ।
भारतीय दुधुवा नेशनल पार्कबाट हात्तीको बथानले प्रतिवर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाको घर भत्काउने, घाइते बनाउने र मानवीय क्षति गर्दै आएको छ ।
हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमै शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाले ज्यानसमेत गुमाइसकेका छन् । तराई हुँदै हात्तीको बथान चुरे क्षेत्रसम्म पुग्ने गरेको छ । रासस

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

विदेश बस्ने आफन्तलाई रातो च्याउ कोसेली

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

सशस्त्र प्रहरीद्धारा रौतहटमा “विपद् स्वयंसेवक'' तयार गरिँदै

भन्सार छलीका १३ लाख बराबरको अवैध सामानसहित पक्राउ

नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

लाटभिया र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया