लिगमा सातदोबाटोको पहिलो हार, एनआरटीको पहिलो जित

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार दशरथ रंगशालामा सातदोबाटोलाई न्युरोड टिम (एनआरटी)ले १–० ले पराजित गर्यो । एनआरटीका लागि विजयी गोल स्टिफन समिर बिनोङगले गरे ।
यो जितसँगै एनआरटी सातौँ स्थानमा उक्लेको छ । पछिल्ला तीन खेलमा दुई बराबरी र एक हार बेहारेको एनअरटीले शनिबार लिगमा पहिलो जित दर्ता गरेको हो । सातदोबाटो भने तेस्रो स्थानमै छ । उसको खातामा चार खेलबाट सात अंक भएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया