यस्तो छ २०२१ मा मोबाइलमा गरिएका खर्च, सबैभन्दा कमाउने टिकटक

काठमाडौँ- सन् २०२१ मा विश्वभरका मोबाइल प्रयोगकर्ताले कति खर्च गरे यो मन प्रश्न सबैको मनमा उठ्न सक्छ। कोभिड-१९ बाट प्रभावित हुँदा धेरै प्रयोगकर्ता अफिसको काम घरबाटै गर्ने अनलाईन किनमेल गर्ने जस्ता कार्यले सन् २०२१ लाई मोबाइल एप डेभलोपरलाई विशेष रह्याे। कोभिडको सकारात्मक प्रभाव भने अनलाइन बिजनेस र मोबाइलको स्टोरमा देखिएको छ ।
सन् २०२१ विश्वभरका मोबाइल प्रयोगकर्ताले एपहरुमा मात्रै १ सय ३३ अर्ब डलर खर्च गरेको तथ्याङ्कले देखाएको छ। अनुसन्धान संस्था सेन्सर टावरले हालै प्रकाशित गरेको मोबाइल एपमा भएको खर्चसम्बन्धी वार्षिक प्रतिवेदनले एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा गरी विश्वभरका मानिसहरुले अघिल्लो वर्षको तुलनामा बढी खर्च गरेको देखिएको छ ।
सेन्सरका अनुसार सन् २०२१ मा प्रयोगकर्ताले मोबाइल एपमा मात्रै १ सय ३३ बिलियन अमेरिकी डलर खर्च गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो । प्रतिवेदन अनुसार यो खर्च गत वर्षको तुलनामा २० प्रतिशतले बढी हो । यो तथ्याङ्क २०२१ को जनवरी १ देखि डिसेम्बर ३१ सम्मको प्रस्तावित खर्चमा आधारित भएर निकालिएको सेन्सर टावरलाई उद्धृत गर्दै जीएसएमएरिनाले जनाएको छ।
एप्पलको एप स्टोरका एपहरु ८५.१ अर्ब डलर बराबरका बिक्री भएका छन् भने यो आँकडा गत वर्षको भन्दा १७.७ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै गुगल प्लेस्टोरले ४७.९ अर्ब डलर बराबरको एप बिक्री गरेर दोस्रो स्थानमा आएको छ। यो आँकडा आफ्नै गत वर्षको कारोबारका तुलनामा २३.५ प्रतिशतले बढी भएको बुझिएको छ।
अपरेटिङ सिस्टमका हिसाबले तुलनात्मक रुपमा हेर्दा आईओएस एपहरु गुगल प्लेको तलनामा १.८ प्रतिशत बढी बिक्री भएका छन्। कुल आम्दानीमध्ये सबैभन्दा बढी हिस्सा एप्पलको एप स्टोरको छ । प्रतिवेदन अनुसार प्रयोगकर्ताले गरेको खर्चमध्ये ८५.१ बिलियन डलर एप्प्लको एप स्टोरमा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.७ प्रतिशत बढी हो ।
त्यस्तै गत वर्षको तुलनामा गुगलको प्ले स्टोरमा पैसा खर्च गर्ने क्रम पनि २३.५ प्रतिशतले बढेको देखिएको छ । प्रतिवेदन अनुसार सन् २०२१ मा एपमार्फत सबैभन्दा धेरै कमाउनेमा टिकटक अघि रह्यो । दोस्रोमा युट्युव, तेस्रोमा पिक्कोमा, चौथोमा टिन्डर र पाँचौमा डिज्नेप्लस रहेका छन् ।

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

प्रतिक्रिया